जेष्ठ ८, २०८२ बुधबार

बिर्तामोड २ मा ४७१ जनाले लिए निशुल्क स्वास्थ्य सेवा

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्वर २ र ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा निशुल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ ।

वि एण्ड सी हस्पिटल र औषधी व्यवसायी संघ झापाको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । पञ्चरत्न माध्यमिक विद्यालय चैतुबारीमा भएको शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, नेकपा एमाले प्रदेश १ ईन्चार्ज देवराज घिमिरे, वि एण्ड सी हस्पिटलका जनसम्पर्क प्रमुख प्रमिश गिरी, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगमबहादुर कुवंर लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा ४ सय ७१ जनाले सेवा लिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । नाक कान घाँटी रोग विशेषज्ञ डा. शिव भुषण पण्डित, महिला रोग विशेषज्ञ डा. सलिना श्रेष्ठ, बाल रोग विशेषज्ञ डा. बिकास शर्मा पौडेल, हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. बिसाल काफ्ले र जनरल फिजिशियन डा. अबिन्द प्रसाद शाहले शिबिरमा सेवा प्रदान गरेका थिए ।

प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]