जेष्ठ ८, २०८२ बुधबार

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको हो ।

सामग्री पाउनेहरुमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैशाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर १ जना र बेल्ट १ जना गरि जम्मा ३० जना रहेका छन् । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यामुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले राज्यले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको बताइन् । यस प्रकारका सामग्रीले दैनिक जिवनयापनमा केहि सहयोग पुग्ने भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले वितरण गरिएका सामग्रीहरुको भरपुर उपयोग गर्न सबैलाई आग्रह गरे । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बनाउन नगरपालिका संधै तत्पर रहेको धारणा राखे । स्थानीय अपाङ्गता भएका व्यक्तिको अधिकार समन्वय समितिका संयोजक नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले कार्यक्रमको उदेश्यमाथि प्रकास पारेका थिए ।

प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]