ग्रेसले दियो पहिलो दिनमै दुई सय विधार्थीलाई परामर्श
बिर्तामोड । झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखाले समुद्घाटन कै दिन दुई सय बढि विधार्थीलाई परामर्श दिएको छ । अध्ययनका लागि देश बाहिर जाने विधार्थीहरुलाई परामर्श दिइएको ग्रेस इन्टरनेशनलले जनाएको छ ।
ग्रेस इन्टरनेशनलको सोमबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । ग्रेसका प्रबन्धक निर्देशक एन्ड्रयु पौडेल र तुलसीराम धितालले संयुक्त रुपमा रिवन काटेर शाखाको उद्घाटन गरेका हुन् ।

हनुमान कम्प्लेक्सको चौथो तल्लामा रहेको ग्रेस इनटरनेशनल नेपालको १० औं शाखा हो । डेढ दशकअघि स्थापना भएको ग्रेसले नेपाली विधार्थीको शैषिक भविष्यका लागि उचित परामर्श दिदैं आएको बिर्तामोड शाखाका अध्यक्ष तथा प्रवन्धन निर्देशक दिपेन्द्र राउतले जानकारी दिए ।
ग्रेसले अष्ट्रेलिया, क्यानडा, यूके, न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा विद्यार्थीहरुलाई उच्च शिक्षाको अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको बिर्तामोडमा शाखाका सञ्चालक तथा शाखा प्रमुख पर्वत धितालले जानकारी दिए ।
ग्रेसले विधार्थीको योग्यता क्षमतका आधारमा परामर्श प्रदान गर्दै अघि बढ्ने जनाएको छ ।