गठबन्धनबाट देश बचाऔं
सम्पादकीय
मुलुकमा लामो आन्दोलनपछि प्राप्त उपलब्धीको अनुभूति गर्न नपाउदै नेपाली जनता तिनै परिवर्तनकारी भनिएकाहरुबाट असुरक्षित हुने खतरा भएको छ । संविधान नहुँदा संविधान बनेपछि ठिक होला भन्ने भयो । त्यसपछि पनि दलहरुको रोइकराई उस्तै भयो । त्यसपछि निर्वाचनपछि ठिक होला भन्ने जनताले आशा गरे । निर्वाचन पछि सत्ताको हिसावले जनताको जीवन विर्सिए । जंगलमा दौडिदा भारतको सहयोगमा लगाएका लुगाफाटा खोलेर भिआइपी सुटमा उत्रिएकाहरु अहिले राष्ट्रियताको सवालमा बहुमत र अल्पमतको रटान चलाइरहेका छन् ।
माओवादीको पछि लागेर एमालेले देशलाई नोक्सान पुर्यायो । एउटै पार्टी बनाएको एमालेले हरेक क्रियाकलापमा अघिअघि भए पनि व्यवहारतः एमाले माओवादी जस्तै भइसकेको थियो । तर, पार्टी विभाजनपछि एमाले आफ्नै विचार, धरातलमा आइछोड्यो । माओवादी फेरि उहि बाटोमा । अहिले नेपाली कांग्रेस माओवादीको साथ पाएर मख्ख छ । सत्ताको गुलियोमा कांग्रेस पनि भुलिएकै छ । गुलियो बढि हुनासाथ माओवादी चिन्न थाल्नेछ, कांग्रेस । यसर्थ, माओवादीको साथ पाएको कांग्रेस पनि घुमाइफिराई देशलाई नोक्सान पुर्याउने बाटोमा हिडिरहेको छ ।
अहिले देशमा सत्ताको चालकदल कांग्रेस, माओवादी नै छन् । अन्य, सबै सहचालक हुन् । यो चालकदलले देशलाई ठुलै नोक्सान पुराइसकेको छ । देशलाई गलत बाटोमा पुराइसके । त्यै पनि जोगाउन कोहि बोल्या छैनन्, एमाले बोल्नै हुदैन । बोल्नासाथ, अड्डा अदालत भन्छ – एमाले अल्पमतमा छ । फेरि प्रचण्ड देशका लागि केहि गर्नुछ भन्दैछन् । अब, उनलाई जनताले रोक्नुपर्छ । फेरि, प्रचण्डलाई देश जिम्मा लगाइयो भने जनताले ठुलै दुर्घटना सहनुपर्नेछ । एउटा मन्त्री बनाइएकाहरु सीसी टिभी फुटेज डिलिट गरेर देशमा ठुल्ठुला आर्थिक अपराध गरिरहेका छन्, प्रधानमन्त्री बनाइयो भने के डिलिट गर्ने हुन् , विचार गरौं । गठबन्धनबाट देश बचाऔं ।