जेष्ठ १, २०८२ बुधबार

प्रहरीले सामान धनी किन समात्दैन ?

सम्पादकीय
सोमवार विहान र दिउँसो दुई ठाउँबाट झापा प्रहरीले अवैध सुपारी भारत तर्फ लैजादै गर्दा बरामत गर्न सफल भयो । मेचीनगर–६ क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्लाबाट खटिएको प्रहरी टोलीले सुपारी बरामत गरेको थियो । सुपारी बरात गरे पनि प्रहरीले सुपारी धनी समातेको छैन । केहि दिनअघि जुत्ता र कपडा पनि प्रहरीले बरामत गरेको थियो । बरामत गर्ने क्रम जारी छ । तर, प्रहरी सामान धनी समाउन सकिरहेको छैन । सामान धनी नसमात्नुको पछाडि के रहस्य छ ? यस बारे प्रहरी बोलेको पनि छैन ।

खुल्ला सीमाका कारण अवैध सामान ल्याउने लैजाने क्रम जारी नै रहन्छ । प्रहरीले पनि देखेको मात्रै सामान बरामत गर्ने हो भने राख्ने ठाउँ नहुन सक्छ । देखेका मध्ये धेरै सामान छोडेर थोरै मात्रामा बरामत गर्दा समेत सामानका धनी छोडिन्छन् । कुनै पनि अवैध सामान आफै आउदैन । त्यसलाई गन्तव्यसम्म पुर्याउने माध्यम पक्कै छ । केरियर मार्फत अवैध सामानको आयात निर्यात भइरहेको छ भने उनीहरुलाई नै नियन्त्रणमा लिएर कारवाही गर्नुपर्छ । उनीहरु मार्फत सामान धनी पनि झिकाउन सकिन्छ ।

प्रहरीको उद्देश्य स्पष्ट नै छैन । अवैध सामान बरामत गर्ने, भन्सार बुझाइ दिने मात्रै काम हो ? होइन, भने यसको नियन्त्रणमा बलियो ढंगबाट लाग्नैपर्छ । प्रहरीको आँखामा छारो हानेर यहाँ वारीपारी गर्नेले गर्ने काम नै अवैध हो । अवैध आयात निर्यात रोक्नका लागि सामानधनीलाई नै कारवाहीको दायरामा ल्याउनुपर्छ । कि अवैध ओसारपसार गर्ने मालिकहरुलाई पक्राउ गर्न प्रहरीलाई अप्ठ्यारो छ । छ भने, आम नागरिकलाई जानकारी गराउनुपर्छ । होइन भने सामान पक्राउ गरेर मालिकलाई उन्मुक्ति दिने काम बन्द गर्नुपर्छ । अवैध धन्दा रोक्ने भए मालिक समाउनैपर्छ ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]