जेष्ठ ९, २०८२ बिहीबार

निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

काठमाडौ – आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गर्दैछ ।

पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यका अनुसार दिउसो १२.३० बजे पार्टीका शिर्ष नेताहरुकोे उपस्थितीमा आयोगमा दल दर्ता गर्ने कार्यक्रम तय भएको छ । आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,रामबहादुर थापा सहभागी हुनुहुनेछ । यसैगरी महासचिव शंकर पोखरेल उपमहासचिवहरु प्रदिप ज्ञवाली,निर्वाचन विभागका प्रमुख विष्णु रिमाल र सचिवहरु सहितको टोली आयोग कार्यलयमा जानेछ ।

निर्वाचन प्रयोजनका लागि आयोगले अस्ती आइतबार देखि दल दर्ता खुला गरेको हो । निर्वाचन भन्दा पहिला किन दल दर्ता गर्नुपर्दछ ? नेपालको संविधान बमोजिम दर्ता भएका दलहरुलाई हरेक निर्वाचन भन्दा अगाडी निर्वाचन आयोगमा दर्ता गर्नु पर्ने बाध्यता किन गरिएको हो त ? निर्वाचन आयोगले आसन्न निर्वाचनमा कतिवटा दलले चुनावमा भाग लिन्छन् भन्ने कुराको जानकारी राख्नका लागि दल दर्तालाई अनिवार्य गरेको हो । ‘राजनीतिक गतिविधी सञ्चालन गर्न दर्ता भएका सबै दलहरुले निर्वाचनमा भाग लिन्छन् भन्ने छैन’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यो बेलासँग भन्नुभयो ‘त्यसैले कतिवटा दलले निर्वाचनमा भाग लिदैछन् भन्ने कुराको जानकारी लिनका लागि निर्वाचन भन्दा अगाडी दल दर्ता आह्वान गरिन्छ । निर्वाचनमा भाग लिने दलको संख्या थाहा भएपछि हामीलाई कार्ययोजना बनाउन पनि सजिलो हुन्छ ।’

थपलियाका अनुसार दल दर्ता गर्दा कुन कुन निर्वाचन प्रणालीमा भाग लिने भन्ने कुरा पनि स्पष्ट गर्नुुपर्दछ । जस्तै प्रत्यक्षमा मात्र भाग लिने हो कि समानुपातिकमा मात्र भाग लिने हो कि अथवा दुवै प्रणालीमा भाग लिने हो राजनीतिक दलले सो कुरा स्पष्ट गर्नुपर्दछ । ‘कुनै दलले म फलानो प्रदेशमा मात्र निर्वाचन लड्छु भन्ने पनि सक्छन् । त्यो कुरा पनि अहिले नै खुलाउनु पर्दछ ’ थपलियाले भन्नुभयो ।

दल दर्ता गर्दा के के चाहिन्छ ?
प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोगमा दल दर्ता गर्दा संविधान र कानुन बमोजिम आफ्नो दल छ भन्ने कुराको स्पष्ट प्रमाण पेश गर्नुपर्दछ । त्यसका लागि पार्टीको महाधिवेशन पाँचवर्ष भित्र भएको प्रमाण, अद्यावधिक लेखा परीक्षण प्रतिवेदन,केन्द्रीय र प्रदेश कमिटीको संरचना,पार्टीको विधान र नियमावली आदिजस्ता कागजात आवश्यक पर्ने थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]