हिमशिखरमा पत्रकार पराजुलीको पुनर्वहाली
बिर्तामोड । पत्रकार भूमिराज पराजुलीलाई हिमशिखर टेलिभिजनले पुनर्वहाली गरेको छ । आज टेलिभिजनले एक सूचना जारी गर्दै पत्रकार पराजुलीलाई पुनर्वहाली गरेको हो ।
पत्रकार पराजुली र टिभीलाई जोडेर वैदेशिक रोजगारको विषयमा पूर्वाग्रहपूर्ण समाचार प्रकाशित भएपछि उनलाई बर्खास्त गरिएको थियो । निर्दोष सावित नभईञ्जेलसम्मका लागि टिभीले बर्खास्त गरेको बताउँदै पत्रकार पराजुलीमाथि दर्ता गरिएको मुद्धा फिर्ता भएपछि पुनर्वहाली गरिएको सूचनामा उल्लेख छ ।

कार्यरत संस्थाले आफ्नो कर्मचारीको रक्षा गर्नुको बदलामा अपमानजनक ढंगबाट बर्खास्त गरेपछि प्रेस चौतारी झापाले टिभीलाई तत्कालन पुनर्वहालीको माग गरेको थियो । यस्तै, नेपाल पत्रकार महासंघ झापाले समेत पत्रकार पराजुलीमाथि पूर्वाग्रह साँधेर निलम्बनको लागि सिफारिस गरेपछि चौतारीले अविलम्ब निर्णय फिर्ता लिन सचेत गराएको छ ।