जेष्ठ ९, २०८२ बिहीबार

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ मा सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८२ पुगेको छ ।

होमआइसोलेशनमा पाँच हजार छ सय ७७, संस्थागत आइसोलेशन एक सय ९२, आइसीयूमा ६० र भेन्टिलेटरमा आठ जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार नौ सय २२, ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]