जेष्ठ ९, २०८२ बिहीबार

भदौ २० गते एमालेका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस हुने

काठमाडौ- नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिनुभयो ।

क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ ।
एमालेको यो निर्णयसँगै सबै स्थानीय कमिटीहरु सक्रिय हुने भएका छन् । अर्कातिर टिकट आफ्नो पक्षमा पार्न सम्भवित उम्मेद्वारहरुको दौडाहा भोली सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]