जेष्ठ ९, २०८२ बिहीबार

झापामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

बिर्तामोड । पौडी खेल्ने क्रममा दुई जना बालबालिकाको डुबेर मृत्यु भएको छ । झापा प्रहरीका अनुसार कनकाई नहरमा पौडी खेल्न गएका शिवसताक्षी नगरपालिका– ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासका ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईका १२ वर्षीय छोरा सिकुम राईको मृत्यु भएको हो ।

झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार अनुसार बिहीबार दिउँसो ४ बजे एन्जिला र सिकुम घर नजिकैको कनकाई नहरमा पौडी खेल्न गएका थिए । साँझ अबेरसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले खोजतलास गर्ने क्रममा नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

त्यसपछि परिवारजन र छरछिमेकले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेपछि प्रहरी र स्थानीयले उनीहरूको खोजतलास शुरु गरेका थिए । त्यसक्रममा राती ९.१५ बजे कपडा राखिएको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी ७ स्थित सताक्षी खोलामा दुवै जना पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको डीएसपी पाठकले बताए ।

दुवै शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाका बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]