पत्रकार भीमा शिवाकोटीलाई डिकमान विरही पत्रकारिता वर्ष उत्कृष्ट पुरस्कार प्रदान गरिदैं
बिर्तामोड । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार आज एक कार्यक्रमका बीच पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ ।
पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय पुरस्कार छनौट समितिले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष, नारी सञ्चार गृह झापाको अध्यक्ष र प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत हुन् ।
आज महासंघको २३औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने सो पुरस्कारको राशी नगद २५ हजार रुपैंयासहित ताम्रपत्र रहेको छ ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रसंशा पत्र रहेको छ । २०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।