जेष्ठ ९, २०८२ बिहीबार

डिकमान पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित

झापा – नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले आज तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघा पुरस्कृत हुनुभएको हो ।

डिकमान सुनुवार पत्रकारिता पुरस्कार झापाका प्रतिष्ठित दिवङ्गत पत्रकार डिकमान विरहीको स्मृतिमा फोनिजले स्थापना गरेको हो । प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य एवम् रेडियोकर्मी पत्रकार शिवाकोटीलाई प्रदान गरिएको यो पुरस्कारको नगद राशि रु २५ हजार रहेको छ ।

यसैगरी डिकमान विरही उदीयमान पत्रकारिता पुरस्कारको नगद राशी रु पाँच हजार रहेको छ । फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवानले पुरस्कार वितरण परम्पराले झापाली पत्रकारिताका आदर्श व्यक्तित्व स्वर्गीय डिकमान विरहीको योगदानको कदर भएको बताउनुभयो ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]