जेष्ठ २, २०८२ बिहीबार

फोहोर व्यवस्थापनमा अवरोध नगर

सम्पादकीय
झापाको बिर्तामोडमा फोहोर नउठाएको करिव एक महिना भयो । एक महिना फोहोर नउठाउदा यहाँको वातावरणीय अवस्था तहसनहस भइसकेको छ । फोहोरको ढंगुर बढ्दै गएपछि दोषारोपण गर्ने वातावरण पनि सिर्जना गरिदिएको छ । एकथरी मान्छेहरु फोहोर फाल्नलाई हरेक दिन लागेका छन् । यसको अस्थायी व्यवस्थापन मात्रै गर्न पाए हुन्थ्यो भन्दै रुवाबासी गरेर जनप्रतिनिधिहरु घुमिरहेका छन् । वास्तवमा फोहोर नउठाएकै हो ? कि उठाउन नदिएको हो ? यसको वास्तविकता गहिरो छ ।

बिर्तामोडका जनप्रतिनिधिहरुलाई पक्कै बिर्तामोड फोहोर भइरहोस्, उठाइयोस् वा नउठाइयोस् जे होस् भन्ने अवश्य सोचेका छैनन् । नगरवासी नागरिक पनि फोहोर उठाउनुपर्छ भन्ने सवालमा सकारात्मक छन् । तर, समस्या गम्भीर छ । जब फोहोर उठाउने मिति तय हुन्छ तव अवरोध हुन्छ । बिर्तामोडको प्रायःसबै वडामा कार्यदलका संयोजक नगेन्द्र प्रसाद संग्रौला पुगिसके । धेरै जमिनहरु सबैजसोलाई भेटिसके । जग्गाधनी जग्गा दिन तयार हुन्छ, तर अन्य मानिसको अवरोधले बिर्तामोडको फोहोर उठ्न सकेन ।

फोहोर व्यवस्थापनका लागि जग्गा दिनेहरुको लर्को नै लाग्छ । जग्गाको अध्ययन पनि हुन्छ । फोहोर व्यवस्थापन गर्दा स्थानीय नागरिकमा पर्न सक्ने समस्याको विचार गरिन्छ । व्यवस्थापनका लागि उचित लागेपछि नगरले सम्बन्धित जग्गाधनीसँग सम्झौता गर्छ र फोहोर उठाउन थाल्छ । जब फोहोर उठ्न थाल्छ, त्यसपछि खवर आइहाल्छ । खवरदार यहाँ फोहोर ल्याइयो भने आगो लगाइन्छ । त्यति मात्र होइन, जग्गा भेटिएका ठाउँमा ५० लाखसम्म विकासमा नाममा बजेट तत्काल व्यवस्थापन गर्न माग गरिन्छ । यसरी बिर्तामोडको फोहोर व्यवस्थापन हुन सक्दैन । अब, बिर्तामोड नगरपालिकाले बल प्रयोग गरेर भएपनि यसको व्यवस्थापन गर्नुपर्छ ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]