अनेमसंघ झापाको आठौं जिल्ला सम्मेलनको भव्य तयारी
बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको आठौं जिल्ला सम्मेलन भव्य तयारी गरिएको छ । सम्मेलनको उदघाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने शुक्रवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

साउन ४ गते शनिवार बिर्तामोडको हिमाल सागर रिसोर्टमा उद्घाटन हुने जिल्ला सम्मेलनको बन्द शत्र ५ गते सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अनेमसंघ झापाको अध्यक्ष जसमाया गजमेरले उद्घाटन समारोहमा २ हजार महिलाको सहभागिता हुने बताइन् । उनले सम्मेलनमा ४०१ जना प्रतिनिधि सहभागी हुने जानकारी दिइन् ।
उद्घाटन समारोहमा पार्टीका अध्यक्ष ओली, अनेमसंघ केन्द्रीय सचिव मेनका काफ्ले, पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्लाका नेताहरु सहभागी हुने बताइएको छ । उद्घाटन शत्रमा महिला मुक्तिको आन्दोलनमा योगदान पुर्याउने नेतृहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गजमेरले जानकारी दिइन् ।
सम्मेलनले सर्वसम्मत नेतृत्व निर्माण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजयी गराउने प्रतिवद्धता जनाउदै सम्पन्न गर्ने बताइएको छ ।