गायिका रचना रिमालकोे घर बनाउने सपना पुरा
बिर्तामोड । चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको फेसवुक मार्फत सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताएकी छन् । ‘यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छु,’ उनले लेखेकी छिन् ।