जेष्ठ २, २०८२ बिहीबार

कांग्रेस नेता गिरिको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

त्यसअघि उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म  श्रद्धाञ्जलीका लागि राखिनेछ । 

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ । 

नेता गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]