जेष्ठ २, २०८२ बिहीबार

झापा क्षेत्र नं. २ मा कांग्रेसबाट पहिलो हक मेरो : शिवाकोटी

बिर्तामोड । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य सुधिर शिवाकोटीले प्रतिनिधिसभा सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन् । उनले झापा क्षेत्र नं. २ मा नेपाली कांग्रेसले उम्मेद्वार पाउने निश्चित भए आफ्नो उम्मेद्वारी रहने बताए ।
इजलाससँग कुरा गर्दै शिवाकोटीले भने, झापा २ मा कांग्रेसले उम्मेद्वारी पाउने हुँदा त्यसमा पहिलो हक नै मेरो हुनेछ । यसै क्षेत्रबाट आफु निर्वाचित भइसकेको र यस अघि पनि उद्वव थापालाई छोडेको कारण यहाँ आफ्नो उम्मेद्वारी रहनेमा द्विविधा नभएको शिवाकोटीको भनाई छ ।

पहिलो कुरा त, कांग्रेस र माओवादीमध्ये झापा २ कसलाई पर्ने हो टुङगो छैन– शिवाकोटीले भने, कांग्रेसले पाउदा उम्मेद्वार मै हो । अन्य साथीहरुले पनि यहि कुरा बुझ्नुपर्छ । नेता शिवाकोटीले झापा २ को कांग्रेस राजनीतिमा राम्रै योगदान गरिरहेको पार्टीवृत्तमा चर्चा हुने गरेको छ । उनले यस क्षेत्रमा आफु बलियो उम्मेद्वार समेत भएको दावी गरे ।

जिल्लाका ५ निर्वाचन क्षेत्रमध्ये ३ मा कृष्ण सिटौलाको विकल्प देखिदैन । २ नं.मा भने , पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाई समेतको चर्चा भइरहेको । सिटौला क्याम्पबाट शिवाकोटी, शेखर कोइराला क्याम्पबाट प्रसाई र देउवा क्याम्पबाट बुढाथोकीलाई उम्मेद्वा बनाउने लविङ भइरहेको कांग्रेस स्रोतको भनाई छ । यदि २ नम्बरमा माओवादीले टिकट पाउने भए झापा १ बाट राम कार्कीलाई उठाउन सकिने चर्चा पनि राम्रैसँग चलिरहेको छ ।

क्षेत्र नं. २ मा राप्रपाको जनमतभन्दा माओवादी कमजोर देखिएको छ । स्थानीय चुनावमा माओवादी कमजोर रहेको मतपरिणामले प्रष्ट बनाएको छ ।

प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]