बिर्तामोडमा इलेक्ट्रिक स्कुटर प्योरको विक्री शुरु
बिर्तामोड । झापाको बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको विक्री वितरण सुरु भएको छ । हलेसी ग्रुपले आधिकारीक रुपमा यसको विक्री वितरण सुरु गरेको जनाएको छ ।
पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गइरहेको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड–३ स्थित भगवान चौक नजिकैबाट विक्री वितरण सुरु गरिएको हलेसी ग्रुपमा सञ्चालक इश्वरी प्रसाद बरालले जानकारी दिए ।

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समय अघि नै उक्त ई–स्कुटर नेपाली बजारमा भित्राएको हो । नियो ईट्रान्स र ईप्लुटो सेभेन जी गरी २ वटा ब्राण्डमा उपलव्ध रहेको यस कम्पनीको स्कुटर रातो,हरियो,कालो,पहेलो,सेतो र सिल्भर गरि ६ वटा रङ्गमा उपलव्ध छ । ३ वर्षसम्म व्याट्रीको वारेन्टी रहेको यस स्कुटरको मूल्य नियो ईट्रान्सको २ लाख ७५ हजार र ईप्लुटो सेभेन जीको २ लाख साठी हजार रुपैयाँ रहेको छ । स्कुटरमा मोटर तथा कन्ट्रोलरको १ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
एक पटक फुल चार्ज गर्दा १ सय २० किलोमिटरसम्म यात्रा गर्न सकिने हलेसी ग्रुपले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको बेला विद्युतीय मोटरसाइकल तथा स्कुटरको माग नेपाली बजारमा बढ्दै गएको छ ।