झापाको दक्षिणी सीमा क्षेत्रबाट १३ लाखसहित एक पक्राउ
भद्रपुर । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका- १ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार बिहान ११ः ४५ बजे झापा- १ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।

प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उनको साथबाट १००० दरको ९०० वटा नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ । पक्राउ परेका उनलाई रकमसहित आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय पठाइने डीएसपी वसन्त पाठकले जानकारी दिए ।
