माओबादीलाई ठाउँ छोड्न उद्धव थापा उम्मेदवार नबन्ने घोषणा
बिर्तामोड । काङ्ग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको झापा १ बाट सर्बसम्मत उम्मेदवार सिफारिस भएपछी २ मा चर्चामा रहेका उद्धव थापाले भने उम्मेदवारी नदिने घोषणा गरेका छन् । शर्माको सिफारिससग कुनै सम्बन्ध नभएपनि थापाले माओबादीका लागि सिट खालेका गरेको हुन सक्ने बुझिएको छ ।
झापा १ बाट शर्मा सिफारिस भएपछि २ मा राम कार्कीका लागि ठाउँ खाली गरेको हुन सक्ने अनुमान गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
झापा-२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् ।
‘प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि मैले उम्मेदवारी दिन्न,’ थापाले भने,‘तालमेलका उम्मेदवारलाई जिताउने मेरो जिम्मेवारी हुन्छ । आफू चाहिँ लड्दिन ।’ मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेशसभाको उम्मेदवार हुने चर्चामा सत्यता नरहेको उनले बताए ।
झापाका पूर्व सभापति थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । थापाले संस्थापन पक्षको साथमा प्रदेश १ को सभापति जितेका थिए ।