जेष्ठ २, २०८२ बिहीबार

विप्लप माओवादी झापाको सचिवमा प्रशान्त

बिर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

झापाको विर्तामोडस्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिवमा चयन गर्दै २५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । पुरानो कार्यसमिति विघटन भएसँगै अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले प्रशान्त थापालाई सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको छ ।

पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएका सचिव थापा सहित नवनिर्वाचित कमिटीलाई जिल्ला इन्चार्ज सुमन लिम्बूले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै प्रतिबद्धता मन्तव्य राख्दै सचिव थापाले पार्टीको एजेन्डा र उद्देश्यलाई दृढ संकल्प सहित अगाडि बढाउने र कार्यन्वयन गर्ने उद्घघोष गरे । नवनिर्वाचित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपेश राई र पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले खदा र अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]