जेष्ठ २, २०८२ बिहीबार

अब पार्किङतिर लागौं

सम्पादकीय
बिर्तामोड नगरपालिकाले फुटपाथ व्यवस्थापन गर्ने भनेपछि यहाँ व्यापारीलाई उचालेर आन्दोलन थालियो । वैद्य माओवादीका नाममा गरिएको आन्दोलन दुई दिन पनि टिकेन । मौसमी आन्दोलनमा सहभागी हुनेहरुले गरेको आन्दोलन सार्थक भएन । नगरपालिकाले आफ्नो अडान नछोडेपछि अहिले फुटपाथ खाली भइरहेको छ । दुई ठाउँमा व्यवस्थित टहरा नै निर्माण भइसक्यो । त्यहाँ व्यवसायी पनि बसिसकेका छन् । अब, उनीहरुका लागि सधैंको समस्या हल भएको छ । अझै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुले दीर्घकालिन समाधान हुने गरी ठाउँ खोज्न जरुरी छ ।

निर्वाचनपछि लगातार फोहोर व्यवस्थापन र फुटपाथतिर ध्यान दिएको बिर्तामोड नगरपालिकाले अब पार्किङका लागि पहल गर्न आवश्यक छ । फुटपाथ व्यवस्थापनले पार्किङमा थोरै सहज हुन सक्छ । आफ्नो व्यवसाय सञ्चालन गर्ने अन्य व्यापारीले अब आफ्नै ठाउँमा सवारी पार्किङ गर्न सक्छन् । अहिले भद्रपुर रोडमा चारलेन बनाइए पनि त्यसको पूर्ण सदुपयोग हुन सकेको छैन । अव्यवस्थित पार्किङले सडक अस्तव्यवस्त छ ।

बिर्तामोडको अस्तव्यस्त सडकको व्यवस्थापनका लागि फुटपाथ हटाइएको हो । दोस्रो चरणमा सवारी पार्किङलाई नै व्यवस्थित गर्नुपर्छ । सडक किनारमा चारपाङग्रे, दुई पाङ्ग्रे सवारी जथाभावी पार्किङ गर्ने गरिएको छ । हिडडुलका लागि अलग्गै संरचना निर्माण नगरेकाले ढलकै माथिबाट हिडडुल गरिराखिएको छ । त्यहाँ पनि सवारी पार्किङ गर्ने गरिएको छ । यसैले बैंक तथा वित्तिय संस्था र व्यवसायीहरुलाई घर भाडामा लगाउनेहरुले कम्तिमा पार्किङको आवश्यक व्यवस्थापन गर्दिनैपर्छ । त्यसका लागि नगरपालिकाले अनुगमन र कारबाही प्रारम्भ गरोस् ।

प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]