अर्जुनधाराका मेयर गोम्देनलाई मातृशोक
बिर्तामोड । अर्जुनधाराका मेयर बलदेव सिंह गोम्देनलाई मातृशोक परेको छ । एमाले अर्जुनधाराका अध्यक्ष समेत रहेका अर्जुनधारा -१० निवासी गोम्देनकी आमा सिमा गोम्देनको ६५ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित आमा गोम्देनको आज विहान निजी निवासमा निधन भएको हो । दिउँसो २ बजेपछि घर नजिकै आफ्नो संस्कार अनुसार दाहसंस्कार गरिने गोम्देन गरिवारले जनाएको छ ।