जेष्ठ २, २०८२ बिहीबार

गठबन्धन सरकार असफल भइसक्यो : शंकर पोखरेल

काठमाडौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने हो भने श्रीलंकाको अवस्थामा जाने निश्चित रहेको बताउनुभएको छ ।

उनले भने, ‘नेपाली मुद्रा कमजोर बन्दै गएको छ । सरकार असफल भएको छ । सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुनकारण यो जनताको सरकार नै होइन ।’

प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]