बैशाख २७, २०८२ शनिबार

भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट

बिर्तामोड । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आधिकारिक सूचना अझै जारी नगरे पनि भदौ २९ बाट दिने गरी तयारी गरिएका राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

२९ गतेबाट सर्वसाधरणलाई दिनका लागि बैंकहरूले भदौ २६ गते नयाँ नोट पाउने छन् । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन् । प्रतिव्यक्ति पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको १-१ बन्डल नयाँ नोट दिइने छ । गत वर्ष पनि राष्ट्र बैंकले १८ हजार रुपैयाँको सीमा तोकेको थियो ।

बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन् । दसैंका लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ । सर्वसाधरणले राष्ट्र बैंकको कार्यालयका साथै बैंकहरूका ब्रान्चहरूबाट समेत नयाँ नोट पाउने छन् ।

प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]