जेष्ठ २, २०८२ बिहीबार

लेनदेनमा सावधानी अपनाऔं

सम्पादकीय
बजारमा अहिले सबैभन्दा ठुलो समस्या हो, आर्थिक समस्या । सम्पत्ति भएकाहरुले पनि भन्नासाथ विक्रि गर्न सक्ने अवस्था छैन । सिधा भाषामा भन्नुपर्दा, बजारमा पैसाको उपलब्धता असहज छ । बजारमा व्यापारको अवस्था बलियो, उत्साहजनक छैन । बजारका बारेमा मज्जाले बुझेकाहरु भन्छन्, बजारमा पनि पैसा छैन । आखिर पैसा कहा छ ? राष्ट्रिय रुपमा उठेको मुद्धा भनेको आर्थिक तरलता नै हो । यसैका कारण बजारमा अहिले जो कोहि आर्थिक कारोवार गर्न सकिरहेका छैनन् । यो एउटा सामान्य उदारण मात्रै हो ।

बजारमा तरलतासँगै देखिएको आर्थिक असहजताले सबैलाई पुराना व्यवहारतिर फर्काएको छ । अर्थात, आफुले सहयोग गरेका रकम फर्काउने अभियान चलाए जस्तो देखिन्छ । कोरोबारका बारेमा कुराकानी शुरु हुनासाथ त्यसले फिर्ता गरे पनि हुन्थ्यो भन्ने साझा आवाज सुन्न पाइन्छ । आर्थिक कारोवार सहज हुँदा विना सर्त र लिखत विनाको कारोवारले उल्टै समस्याहरु आइलागेका छन् । सरसापटी दिने मात्र होइन, लिनेहरु पनि अप्ठ्यारोमा परेका छन् । यसैले आर्थिक कारोवारमा ख्याल गर्नुपर्ने विषय भनेको औपचारिक कारोवार नै हो ।

लेनदेनलाई सामान्य ढंगबाट लिन हुदैन । किनभने, यसले सम्बन्धहरु सिध्याइन्छि । अपराध मानसिकताको विकास गर्न सक्छ । असाध्यै समस्या परेका बेला फिर्ता पाइदैन । यसैले लेनदेनलाई सधै लिखत गरेर गर्नुपर्छ । अहिलेको ‘आर्थिक मन्दी’ ले सबैलाई पुरानो हिसाव उठाउने मौका दिएको छ । तर, केहि लिखत छैन । राम्रै लेनदेन गर्नेहरु सहयोगीबाटै नाजायज व्याज बुझाउन बाध्य छन् । यसैले अब उप्रान्त कारोवार गर्दा आवश्यक प्रक्रिया पुरा गरेर मात्रै लेनदेन गरौं । दिने र लिने दुवैले सतर्कता अपनाएमा संभावित जोखिमहरु कम हुनेछ । दुवै पक्षले सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार  ११ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]