जेष्ठ २, २०८२ बिहीबार

पारदर्शिता र विकास खोजौं

सम्पादकीय
प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले अहिले प्रशंसा कमाएका छन् । त्यसको मुख्य कारण भनेको निर्वाचन घोषणा भइसकेपछि तलव, सेवा सुविधा नलिने घोषणा हो । संसद् लम्ब्याउने षडयन्त्र गरिरहेको कांग्रेस–माओवादी गठबन्धनका सामु लिङदेनको कमदका कारण सबैले प्रशंसा गरिरहेका छन् । विदा हुनै पर्ने समय नजिक आइरहेको थियो । त्यसभन्दा पहिले लिङ्देनले राजीनामा दिए । संसद लम्ब्याउने खेल गरिरहेको गठबन्धनका सामुन्ने लिङदेनले गरेको काम एउटा विद्रोह हो ।

राजनीतिमा बेलाबेला चर्चामा आउन नेताहरु विभिन्न काम गरिरहेका हुन्छन् । लिङदेनले गरेको काम चर्चामा छ । भलै, चर्चामा आउनका लागि नभए पनि यो काम सकारात्मक छ । अब, दोहोरिएर प्रतिनिधिसभामा उठ्ने व्यक्तिहरुले वार्षिक रुपमा सांसद विकास कोषबाट आउने करोडौं रुपैयाँ कहाँ–कहाँ, कसरी खर्च गरे ? लिङ्देन मात्र होइन, सबैले विवरण सार्वजनिक गर्नुपर्छ । आफ्नो पहलबाट भएका कामहरु पनि उनीहरुले आम मतदाताका बिचमा सार्वजनिक गर्नैपर्छ ।

सूचनाको हकले तीन–तीन महिनामा कार्यप्रगति सार्वजनिक गर्न भनेको छ । आम नागरिकलाई सुसूचित हुन पाउने हकबाट अहिलेसम्म प्रतिनिधिसभा सदस्यहरुले बञ्चित गराएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा गरिएका सबै प्रकारका विकास निर्माणमा राज्यको लगानी छ । त्यसको पारदर्शिता देखाउने दायित्व उनीहरुको सामुन्ने छ । यसैले अब, मत माग्दै आउने उम्मेद्वारहरुको पारदर्शितामाथि मतदाताले प्रश्न उठाउनैपर्छ । उनीहरुले यसअघि गरेका सामाजिक काम, विकासका बारेमा सोधीखोजी गर्नैपर्छ ।

प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]