जेष्ठ १२, २०८२ आईतबार

बिर्तामोडका बाटो, कुलोपैनीमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइने

बिर्तामोड । फुटपाथ व्यवस्थापनपछि बिर्तामोड नगरपालिका सडक क्षेत्र खाली गराउने अभियानमा जुटेको छ । एक सूचना जारी गर्दै बिर्तामोड नगरपालिकाले १५ दिनभित्र सडक क्षेत्रमा निर्माण गरिएको अनाधिकृत संरचना हटाउन आग्रह गरेको हो ।

बिर्तामोड नगरक्षेत्र भित्र रहेका विभिन्न पुराना सार्वजनिक पैनी तथा कुलोहरुमा अनाधिकृत रुपमा निर्माण गरिएको भौतिक संरचनाहरु निर्माण गरेका कारण पानीको निकासमा समस्या भइरहेको भन्दै सडक क्षेत्रभित्रै निर्माण गरिएका संरचना हटाउन नगरबासीलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए ।

नगरले सूचना मार्फत त्यस प्रकारका कार्यहरु बन्द गर्न आग्रह गर्दै १५ दिनभित्र अनाधिकृत संरचना हटाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न अपील समेत गरेको छ । सूचनाको वेवास्था गर्दै संरचना नहटाएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने न्यौपानेको भनाई छ ।

फुटपाथ व्यवस्थापन गर्ने तयारी गरेपछि फुटपाथ क्षेत्रमा व्यवसाय गर्नेहरु आन्दोलित भएका थिए । सर्वदलीय र सर्वपक्षीय बैठकको सहमतिमा नगरपािलकाले फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई हटाएको छ ।

बिर्तामोडको मुक्तिचोक, भद्रपुर रोड, हिकोला रोड, बिर्ताबजार क्षेत्रका फुटपाथ व्यवसायी नगरकै योजनाका कारण व्यवस्थित रुपमा व्यापार गर्न थालेका छन् । सडक पेटीमा आवतजावत नै अवरोध हुने गरी हेपिएर व्यापार गर्दै आएका उनीहरुले बिर्तामोडस्थित भद्रपुर रोड र बिर्ताबजारमा व्यवस्थित टहरा भाडामा लिई व्यवसाय थालेका छन् । वर्षौदेखि फुटपाथमा बसेर व्यापार गरेका व्यापारीलाई अब घामपानीको असर सधैंका लागि हटेको छ ।

सोही अनुरुप नगरले सडक,कुलोपैनी मिचेर बनाएका संरचना हटाउने तयारी गरेको हो ।

प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]