महेन्द्ररत्नको अटिजम स्रोत कक्षाको उद्घाटन
बिर्तामोड । महेन्द्ररत्न माध्यमिक विद्यालयमा रहेको अटिजम स्रोत कक्षाको उद्घाटन गरिएको छ । ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यालयले आज आयोजना गरेको एक कार्यक्रमका विच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर अटिजम कक्षाको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । वडा नम्बर ३ स्थित विर्ताबजारमा रहेको यस विद्यालयमा अटिजम भएका वालवालिकाहरुको लागि छुट्टै ब्लक निर्माण गरि विभिन्न कृयाकलाप सिकाउन सुरु गरिएको छ ।
गत असार १ गतेदेखि सञ्चालनमा आएको यस अटिजम कक्षामा २५ जना बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिनुभयो ।