जेष्ठ १३, २०८२ सोमबार

झापाका केरा किसान चन्द्र बस्नेतलाई युथ एग्री अवार्ड

झापा – झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको छ । उहाँ नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट कृषकका रूपमा साना किसान लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूताबासबाट संयुक्तरूपमा सम्मानित हुनुभएको हो ।

इजरालबाट फर्केर व्यावसायिक कृषि उद्यमी बनेका उहाँसगै बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट किसान सम्मानित हुनुभएको छ । इजरायलबाट फर्किएपछि बस्नेतले विसं २०७६ मा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेतीको सुरुआत गर्नुभएको थियो । उहाँले हाल २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी नाइन र रातो केराको खेती गर्दै आएको बताउनुभयो । “पुरस्कार पाइन्छ भनेर काम गरेको थिइनँ”, उहाँले भन्नुभयो, “आफू पनि स्थानीय क्षेत्रमै व्यवसायी बन्ने र अरुलाई पनि रोजगार दिने उद्देश्यले केराखेती गरेको आज पुरस्कृत भएँ, खुसीको सीमा छैन ।”

प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार  १ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]