सहयोगी मनहरुद्वारा विपन्न महिलालाई खाद्यन्न सहयोग
बिर्तामोड । सहयोगी मनहरु नेपालले झापा मेचीनगरकी एक विपन्न महिलालाई खाद्यन्न सहयोग गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको यस संस्थाले वडा नम्बर १४ खरबारीकी मामुनी बिर्जालाई सहयोग गरेको हो ।
कान्छी श्रीमती लिएर श्रीमान वेपत्ता भएपछि छोराछोरीको पालन पोषणमा समस्या भोग्दै आएकी बिर्जालाई दाल, नुन, तेल, चामल लगायतका सामग्री हस्तान्तरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिए ।

उनले बैदेशिक रोजगारको शिलशिलामा रहेका काभ्रे निवासी समिर केसीले पठाएको ५ हजार ५ सय ५५ रुपैंयाले सामग्री खरिद गरी हस्तान्तरण गरिएको बताएका छन् ।
छिमेकीको सहारामा गुजारा चलाउंदै आएकी बिर्जाको ३ जना सन्तान छन् । सामग्री हस्तान्तरणका लागि संस्थाका उपाध्यक्ष सुमन रिमाल, महासचिव विष्णु उप्रेती लगायतको टोली सोमबार बिर्जाको घर पुगेको थियो ।