नेपाल सन्थाल आदिवासी उत्थान संघ गौरीगञ्जको अध्यक्षमा राइसिन
गौरीगञ्ज । नेपाल सन्थाल आदिवासी उत्थान संघ गौरीगञ्जको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । नेपाल सन्थाल आदिवासी उत्थान समिति गौरीगञ्ज तदर्थ समितिका अध्यक्ष जेठा मूर्मूको सभापतित्वमा र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरको प्रमूख आतिथ्यतामा सम्पन्न पहिलो अधिवेशनले राइसिन हेमरमको अध्यक्षतामा १३ सदस्य गाऊँ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रानी सोरेन चयन भएकी छिन् भने सचिवमा जगन मूर्मू चयन भएका छन् । त्यसैगरी सहसचिवमा मर्कूस चोडे र कोषाध्यक्ष तिला मूर्मु चयन भए ।
समितिको सदस्यहरुमा सूनिल टूडू , सर्मिला सोरेन, श्याम हेमरम, बिजय बास्की, निमाई सोरेन, कान्छा टूडू, एतवार टूडु र लखन हेमरम चयन भएका छन् ।
गौरीगञ्ज–६ शिवालय मन्दिरको हलमा सोमबार सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रमा वडा नं. ३ का अध्यक्ष श्रवण गिरी, आदिवासी जनजाति महासंघ गौरीगजका अध्यक्ष गङ्गा राजबंशी, साथै नेपाल सन्थाल आदिवासी उत्थान केन्द्रीय कमिटी सदस्य बिरेन्द्र मर्डी र जिल्ला कमिटी सदस्य कूबराज मूर्मू लगायतको उपस्थिति रहेको थियो ।