जेष्ठ १६, २०८२ बिहीबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ७७ विद्यालय छनोट

झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ७७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाका ७७ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले झापाका स्थानीय तहलाई गरेको परिपत्रअनुसार झापाको मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४-४ विद्यालय छनोट भएका छन् । त्यस्तै गौरादह, बाह्रदशी र भद्रपुरका ५-५ वटा विधालय छनोटमा परेका छन् । अर्जुनधाराको ६, कमल ७, दमक १० र गौरीगञ्ज गाउँपालिकाको ३ वटा विद्यालय छनोट भएका छन् ।

बिर्तामोडको वडा नं. ९ स्थित दुर्गा माविलाई ४ कोठे भवन , वडा नं.२ को पञ्चरत्न माविलाई २ कोठे र वडा नं.१० को महेन्द्रज्योती माविलाई ४ कोठे भवन परेको छ । यस्तै, वडा नं. ६ को सरस्वती माविलाई आइसीटी कार्यक्रम पाएको छ । २ कोठे भवनका लागि २५ लाख, ४ कोठेका लागि ५० लाख र आइसीटी कार्यक्रमका लागि ६ लाख ५० हजार अनुदान दिने छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

छनोटमा परेका विधालयहरु – क्लिक गर्नुहोस्

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]