जेष्ठ १६, २०८२ बिहीबार

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

बिर्तामोड । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ ।

निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ जना अन्य गरी उक्त सङ्ख्यामा मतदाता नामावली आज स्वीकृत गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी मतदाता सङ्ख्यासमेतका आधारमा आयोगले १० हजार आठ सय ९१ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्रहरु रहने गरी स्वीकृत गरेको जानकारी दिनुभएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेका जिल्लाहरु मोरङ, झापा र काठमाडौँ छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]