नेरुडेद्धारा वित्तीय साक्षरता तथा पङ्खा वितरण
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ५ साहेवगंजमा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेरुडेका संचालक समिति सदस्य मणिकुमार अज्र्यालले विद्यालय प्रधानाध्यापक इन्द्रदेव गुप्ता मार्फत विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गर्नु भएको थियो । विगतका दिनहरुमा नेरुडेले त्यसै क्षेत्रका नागरिकहरुसँग घरघर गएर विभिन्न सचेतना मूलक कार्यक्रमहरु तथा लघुवित्तीय कार्यक्रमहरु गरी सूरु गरेको अज्र्यालले बताउनु भयो ।

नेरुडेका नायव महाप्रबन्धक भागनारायण साहूले संस्थागत परिचय साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावि कार्य योजनाका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेरुडेका प्रदेश प्रमुख घनश्याम चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेरुडेका संचालक मणिकुमार अज्यालको अध्यक्षतामा, प्रमुख अतिथि देवानगंज गाउँपलिका ५ का वडा अध्यक्ष मनोज कुमार मण्डलको उपस्थितीमा भएको थियो । कार्यक्रममा नेरुडेका सुमन थापाले वित्तीय साक्षरता सम्बन्धीका विषयहरु कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मनोज कुमार मण्डलले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गर्नु भएको थियो । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त भएको र आउँदा दिनहरुमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्रअ इनद्रदेव गुप्ताले बताउनु भएको थियो । कार्यक्रममा नेरुडे र अमरसिंह मावि बीच वित्तीय साक्षरता, उद्यम विकास, वातावरण संरक्षण लगायतका कार्यहरु सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने ७ बुँदे समझदारी गरिएको छ ।
कार्यक्रममा बंगलादेशका प्रो।डा।मोहम्द युनुसले सुरु गर्नुभएको थ्रीजिरो कल्ब ९जिरो कार्बन उत्र्सजन, जिरो गरिबी, जिरो बेरोजगारी० को अवधारणाका विषयमा नेरुडेका क्रेडिट प्लस कार्यक्रमका फोकल पर्सन राजु श्रेष्ठले जानकारी गराउनु भयो ।