जेष्ठ १६, २०८२ बिहीबार

बिर्तामोडमा फोहोर फाल्दै गर्दा पिकअप नियन्त्रण

झापा । बिर्तामोड नगर प्रहरीले राजमार्ग छेउमा फोहोर फाल्दै गरेको अवस्थामा एउटा पिकअप नियन्त्रणमा लिएको छ ।

आज करिब ८ बजेको समयमा बिर्तामोडको बसपार्क छिर्ने सडक नजिकैको चिया बगान क्षेत्रमा ग्यारेजबाट निस्किएको फोहोर फाल्दै गरेको अवस्थामा भेषराज खड्का चालक रहेको प्र १–०१–००१च ७८२८ नम्बरको पिक अप प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहानी प्याकेजिङ्ग उद्योग बिर्तामोडको व्यानर टाँसीएको उक्त पिकअप आवश्यक कार्वाहीका लागि बिर्तामोड नगरपालिकामा राखिएको बिर्तामोड नगर प्रहरी इन्चार्ज किरण पाण्डेले जानकारी दिनु भयो । नगरपालिकाले यस अघि भदौ १४ गते सोहि स्थानमा फाहोर फाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको मे १ च १९७० नम्बरको पिकअपलाई ५ हजार रुपैँया जरिवाना गराएको थियो ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]