बिर्तामोडमा सेजिलो सेवा प्रारम्भ
बिर्तामोड । झापाको बिर्तामोडमा सेजिलो सेवा प्रारम्भ भएको छ । एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सो सेवाको उद्घाटन गरेका छन् ।
बिर्तामोड –३ स्थित बिर्ताबजारमा मुन्ना ग्रुप प्रालिले सजिलो सेवा शुरु गरेको हो । बिर्तामोडमा सजिलोले घरायसी, व्यवसाय क्षेत्रमा प्राविधिक मर्मत तथा निर्माणको सेवा गर्नेछ । पहिलो चरणमा बिर्तामोडलाई लक्षित गरेर सजिलो सेवा सञ्चालनमा ल्याएको सञ्चालक पुष्प भण्डारीले जानकारी दिए ।

मुन्ना ग्रपले ‘कामलाई कामदार, कामदारलाई काम’ भन्ने मुल नाराका साथ सेवा प्रदान गर्नेछ । घरमा बिजुलीबत्ती, पानीका पाइप, इलेक्ट्रीसियन, प्लम्बर, टायल्स तथा मार्बल फिटिङ, पेन्टर, होम अप्लायन्स रिपेरिङ, क्लिनिङ, फल्स सिलिङ फिटिङ, आइरन ग्रील, एल्मुनियम विग्रिएमा मर्मतका लागि प्राविधिक सेवा उपलब्ध गराउने बताइएको छ । सेवा उपलब्ध गराए वापत वार्षिक र अर्धवार्षिक हिसावले शुल्क लिने कम्पनीले जनाएको छ ।
उद्घाटनमा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, बिर्तामोड– ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कम्पनीका इन्ट्रेरियर डिजाइनर अभिषेक अधिकारी, बिर्तामोड–७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
घरघरमा आइपर्ने विभिन्न समस्यामा मेकानिकहरु समयमा नआउँदा सर्वसाधारण नागरिकले कठिनाई भोग्नु परेको थियो । अब मुन्ना ग्रुप मार्फत घरका प्राविधिक समस्या फोनकै भरमा छिटो सेवा पाउने विश्वास गरिएको छ ।