जेष्ठ १८, २०८२ शनिबार

बिर्तामोडको खाद्य संस्थान नजिकै फोहोर फाल्ने नियन्त्रणमा

विर्तामोड । बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालय परिसरमा फोहोर फाल्नेलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ठेलामा फोहोर ल्याएर फाल्दै गरेको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिर्तामोड–१ को एक होटलले २५० रुपैयाँ दिएर फोहोर फाल्न पठाएको ठेला धनी रफिल मुस्लिमले जानकारी दिए । उनले होटलका फोहोर कार्टुनमा हालेर ल्याएका थिए । फोहोर फालेको देखेपछि स्थानीयले नगर प्रहरीलाई जानकारी गराएका थिए ।
नगर प्रहरी प्रमुख किरण पाण्डेले फोहोर बोकेको ठेला नियन्त्रणमा लिई नगरपालिकामा राखिएको छ । ठेला धनीलाई आइतवार हाजिर हुने गरी छोडिएको छ । आइतवार आवश्यक सोधपुछ गरी जरिवाना गरिने पाण्डेको भनाई छ ।

नगर प्रहरीले यसअघि पनि बाटोमा फोहोर फाल्नेहरुलाई जरिवाना गराएको थियो ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ११ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]