जेष्ठ १८, २०८२ शनिबार

झापा २ मा पार्टीले मलार्ई अवसर दिनेछ : जेके गुरुङ

बिर्तामोड । नेपाली कांग्रेसले झापा क्षेत्र नं. – २ मा पूर्वमन्त्री केशवकुमार बुढाथोकीसहित नेताहरुको नाम प्रतिनिधिसभा उम्मेद्वारको आकांक्षीका रुपमा सिफारिस गरेको छ । सिफारिस भएका नामहरुमध्येका एक हुन्, सालिन नेता जलकुमार गुरुङ ।

कांग्रेसवृत्तमा सालिन एवम् अनुशासित नेताका रुपमा स्थापित गुरुङले टिकट पाउनुपर्ने दावी गरेका छन् । बिर्तामोडको खानेपानी र मेची आँखा अस्पतालमा सफल नेतृत्व गर्दै आएका गुरुङले राजनीति क्षेत्रको प्रवेशलाई जोड दिएका छन् । बिर्तामोड नगरपालिकाको मेयरमा पराजित भएका गुरुङ कांग्रेसभित्रको गुटको राजनीतिका कारण जिम्मेवारी पाउनबाट बञ्चित हुँदै आएका व्यक्ति हुन् ।

नेपाली कांग्रेसका नेता जलकुमार गुरुङले आसन्न निर्वाचनमा पार्टीले अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले जनताको सेवामा लाग्न पार्टीले आफुलाई झापा क्षेत्र नं. २ मा उम्मेद्वार बनाउने कुरामा ढुक्क भएको बताए ।
सामाजिक सेवाको क्षेत्रमा स्थापित गुरुङले राजनीतिको माध्यमबाट जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् । तीन दशकदेखि नेपाली कांग्रेसको छातामुनी रहेका गुरुङले नागरिकको हक र संवृद्धिका लागि जनप्रतिनिधि बन्न आवश्यक ठानेका छन् । विगतमा कांग्रेसकै छत्रछाँयाबाट सामाजिक योगदान गरेको भन्दै गुरुङले आगामी दिनमा समेत पार्टीलाई बलियो बनाउन लागिपर्ने बताएका छन् ।

झापा २ का नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने हिम्मत र कार्ययोजना आफुसँग रहेको भन्दै गुरुङले टिकट पाउने कुरामा ढुक्क रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  १२ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]