जेष्ठ २, २०८२ बिहीबार

दशैं मितव्ययी बनाऔं

सम्पादकीय
आजबाट बडादशैं शुरु भएको छ । घटस्थापनासँगै बडादशैं शुरु भएको हो । यो वर्षको दशैं आर्थिक रुपमा त्यति सहज छैन । लामो समयदेखिको आर्थिक तरलताले सबैलाई प्रभावित बनाएको छ । कर्जा लिएर दशैं मनाउन चहादा समेत अनुकुल अवस्था छैन । बैंक तथा वित्तीय संस्था समेत कर्जा दिन सकिरहेका छैनन् । उल्टै कर्जा लिएकाहरुमाथि चर्को व्याजदर थोपरिएको छ । यसैले यो वर्षको दशैं सोचेजस्तो सहज छैन । कोरोना महामारीदेखिको असहज परिस्थिति अझै सहज हुन सकेको छैन ।

बडादशैंमा सबैले एकअर्कामा मित्तव्ययी भएर एक आपसमा सद्भाव प्रकट गर्दै बडादशैं मनाउनुपर्छ । एकताको पर्व दशैं सबैको घरपरिवारमा आएको छ । यसलाई साथसहयोग गर्दै मनाउनुको विकल्प छैन । देशकै ठुलो सहकारी संस्था सहारा नेपालले भर्खरै आफ्ना शेयर सदस्यहरुलाई सामाजिक दायित्व अन्तर्गत दशैं खर्च उपलब्ध गराएको छ । आफ्ना सदस्यहरुलाई ९८ लाखभन्दा बढी रकम वितरण गरेको सहाराले सामाजिक रुपमा ठुलो उत्तरदायित्व निर्वाह गरेको छ ।

झापामा करिव ९ सय सहकारी संस्था सञ्चालित छन् । सबै सहकारीले आफ्ना शेयर सदस्यहरुलाई दशैंको अवसरमा आवश्यक सहयोग गर्न अपरिहार्य छ । सहकारी स्थापनाको उद्देश्य नाफा कमाउनु मात्र होइन । सहकारी भनेको अप्ठ्यारामा परेका नागरिकप्रति सेवक बन्नु पनि हो । आफ्नै सदस्यहरुको बचतबाट नाफा कमाउने सहकारी अहिले अप्ठ्यारो अवस्थामा सहयोगी बन्नुपर्छ । दशैंले सबैलाई खुशी र उमंग भर्न सक्नुपर्छ । त्यसको लागि साथ सहयोग नै हो । सहारा नेपालको उदाहरणीय काम देखेर सबै वित्तीय संस्थाहरुले सहयोग गरे ठुलो योगदान मानिने थियो ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]