जेष्ठ २०, २०८२ सोमबार

‘केपी ओली र दुर्गा प्रसाईको प्रभावबाट एमाले प्रवेश गरे’

दमक । दमकका कुमार नेपाल केहिदन अघि मात्र कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । एक ताका दमकको फुटवल खेलमा राम्रा खेलाडीका रुपमा चिनिएका दमक–८ निवासी नेपाल कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् ।
दमकमा गत भदौ ९ गते बृहत पार्टी प्रवेशका क्रममा उनीसहित ७ सय ९९ जनाले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित धर्म बिष्टको अगुवाईमा त्यहाँको पार्टी प्रवेशको बन्दोवस्ती गरिएको थियो ।
दमकको पूराना बासिन्दा नेपाल परिवार बर्षोदेखि कांग्रेसमा छन् । उनी मात्र कांग्रेसको सदस्यता त्याग गरि देश निर्माण एमालेले मात्र गर्न सक्छ भनी त्यस पार्टीमा आवद्ध भएको उनको भनाई छ । एमालेमा ओली र युवा नेता दुर्गा प्रसाईको प्रभावका कारण एमालेमा आएको उनले सुनाए । उनको बुझाईमा ओली देशकै एक मात्र राजनेता हुन् भने प्रसाई व्यवसायिक तथा राजनीतिक भविष्य बोकेका नेता हुन् । प्रसाईसंग पछिल्ला समय उठबस गर्दा आफू अत्यन्त प्रभावित भएको उनी बताउँछन् । भन्छन्, –‘ प्रसाईको विचार नेतामात्र होइन समाजका दुखसुखसंग पनि उत्तिकै लगाव छ ।’

परिवारै कांग्रेस भएका कुमारका लागि पार्टी छाड्न निकै चुनौती थियो । कांग्रेसमा उनले खासै जिम्मेवारी पनि पाएका थिएनन् । उनका अनुसार यसो सोचे, अव दुर्गा प्रसाईकै प्रभावले एमाले बन्छु भन्ने लाग्यो । मेडिकल व्यवसायी समेत एमाले केन्द्रीय सदस्य प्रसाईको सामाजिक सञ्जालमा देखिएका विचारबाट प्रभावित भएर साथीभाईको चाजोपाजोमा भेट्न सफल भए । ‘उनको आर्दश, गहन विचारबाट मनैबाट प्रभावित भए ’ कुमारले एमाले प्रवेशको कथा सुनाए ।

उनले स्पष्टवक्ता, आटिलो स्वभावका भएका प्रसाईमा नेता हुने कयौ गुण भएको दावी गर्छन् । उनी व्यवसायी , नेता मात्र होइनन् , सामाजिक जिम्मेवारीलाई पूरा गर्नेमा ढृणता छन् । समाजका कतिपय गरिव,विपन्न ,असहाय समुदायको आधारभूत आवश्यकता पूरा गर्न प्रसाईको मानवीय सेवा प्रतिको उत्साहलाई विर्सन नहुने नेपालको भनाई छ । त्यससंगै स्वास्थ्य उपचार गर्न नसक्ने विपन्न वर्गलाई लक्षित गरि कयौ परिवारलाई स्वास्थ्य बिमा गरेर बाँच्ने आधार समेत गरिदिएका उनले । उनी भन्छन्, –‘ बाँच्न खोज्नेदेखि विदेशमा बेबारिसे अवस्थामा रहेका नेपालीलाई स्वदेशमा उद्दारसम्मको कार्य गरेर उदाहरणीय बनेका छन् ।’

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]