विरामीको उपचारमा उचित ध्यान नदिएपछि ओम साई भद्रपुरका डाक्टरसहित तीन जनालाई कारबाही
बिर्तामोड । झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा हस्पिटलले एक जना डाक्टरसहित तीन जनालाई कारवाही गरेको छ । बिरामीको उचित हेरचाह नगरेको भन्दै तीनलाई कारबाही गरेको हो ।
बुधबार राती बिर्तामोडबाट उपचारका लागि गएका एक विरामीको उपचारमा अस्पतालले लापरबाही गरेको पीडित पक्षको आरोप छ । लापरबाही कै कारण विरामीको ज्यान गएको विरामी पक्षका परिवारको भनाई छ ।

बिर्तामोड–१ बाट उपचारका लागि कौशल अलि खानलाई परिवारले ओम साई पुराएको थियो । राती लगेको विरामीको विहान निधन भयो, उनका भतिज मेराज खानले भने – अस्पतालले भर्ना नलिएको भन्दै गैरजिम्मेवार जवाफ दियो ।
खानको मृत्यूपछि अस्पतालमा तनाव भयो । तनावपछि अस्पतालले इमेरजेन्सी विभागका मेडिकल अफिसर डा.विरेन्द्र शाह, सर्जन विभागकी ए.एन.एम अनिता बाँनिया, स्टाप नर्स नन्दिता लिम्बुलाई कारबाही गरेको छ । तीनै जनालाई अस्पतालले बिहीवारबाटै सेवाबाट हटाएको छ ।