झापा -५ मा एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्ता गर्नुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।
झापाका पाँच निर्वाचन क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल भएको छ । क्षेत्र नं. ३ को संघ राप्रपालाई दिएको छ भने बाँकीमा एमालेले उम्मेद्वारी दर्ता गर्दैछ ।