जेष्ठ ३, २०८२ शुक्रबार

झापा – ५ मा तीन पदका लागि ५४ को उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा र प्रदेशसभामा ५४ जनाले उम्मेदवारी दिएका छन् । तीन पदमा ५४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको लागि २७ जना, प्रदेश तर्फ ५(१) मा ११ र ५(२) मा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये प्रतिनिधिसभा तर्फ १४ जना स्वतन्त्र छन् । त्यस्तै प्रदेश तर्फ ५(१) मा ३ र ५(२) मा ७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

झापा क्षेत्र नं. ५ मा एमालेको तर्फमा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट खगेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]