झापा क्षेत्र नं. ४ मा ४३ जनाको उम्मेदवारी दर्ता
शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा आज भएको मनोनयन दर्तामा ४३ जनाले दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसमा सदस्यका लागि ७ जना स्वतन्त्र सहित २० जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन कार्यालय क्षेत्र नं. ४ ले जनाएको छ । यस्तै प्रदेश तर्फ ४(१) मा १० जना र ४(२) मा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट लालप्रसाद साँवा, नेपाली कांग्रेसबाट देउमान थेवे, हाम्रो नेपालीबाट पार्टीबाट युक्तप्रसाद भेटवाल, लोकतान्त्रिक समाजबादी पार्टीबाट ग्यासुदिन मिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट प्रसाद राजवंशीले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट लाहानसिंह तुम्बापो, मंगोल नेशनल अर्गानाइजेसनबाट दिलिप धिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भु प्रसाद ढकालल र राष्ट्रिय जनमुक्ती पार्टीबाट मनकुमार मादेन लिम्बुले उम्मेद्वारी दर्ता गराएका हुन् ।
जनमत पार्टीबाट सत्य नारायण राजवंशी, नेपाली कांग्रेस विपीबाट नेपाल मजदुर किसान पार्टीबाट विक्रम कासिछवाले, जनता समाजवादी पार्टी नेपालबाट हर्कराज राई, उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्रबाट ख्याम नेपाल, खुश्बु ओली, नन्दराज राई, लक्ष्मी नारायण खनाल, किरण श्रेष्ठ, पूर्णकुमार फेजेङ लिम्बु, कमल बहादुर पौड्यालले उम्मेद्वारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।