झापामा पन्ध्र पदका लागि २०७ जनाको उम्मेदवारी दर्ता
प्रतिमा परियार
बिर्तामोड । झापाको पाँच वटा निर्वाचन क्षेत्रमा आइतवार उत्साहपूर्ण ढंगबाट उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य पाँच र प्रदेश तर्फ १० जना सदस्यका लागि मनोमयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापामा पन्ध्र पदका लागि कुल २०७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको पाँच सदस्यका लागि १०१ र १० जना प्रदेशसभा सदस्यका लागि १०६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
झापा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा १६ जना, प्रदेश तर्फ १(१) मा ६ र १(२) मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि २० जना, प्रदेश तर्फ २(१) र २(२) मा १०-१० जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा १८ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश तर्फ ३(१) मा ८ र ३(२) मा ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका २० , प्रदेशसभा तर्फ ४(१) मा १०, ४(२) मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभा तर्फ ५(१) मा ११ र ५(२) मा १६ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।