शिवसताक्षीलाई सम्बाम्फेले ५ कठ्ठा ५ धुर जग्गा प्रदान गर्ने
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई शिवसताक्षी वडा नं. ३ का निवासी दुर्गाप्रसाद सम्हाम्फे लिम्बुले जग्गा प्रदान गर्ने भएका छन् ।
नगरपालिकालाई सम्हाम्फेले ५ कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गर्ने भएका हुन् । नगरपालिकाको टोलीले बुधबार उक्त जग्गाको निरीक्षण गरेको छ ।

नगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्न लागेको अभियानलाई सहयोग पु¥याउन जग्गा प्रदान गर्न लागेको जग्गा धनी दुर्गाप्रसाद सम्बाम्फे लिम्बुले जानकारी दिए । उनले ऐलानी जग्गा नगरपालिकालाई प्रदान गर्ने भएका हुन् ।
नगरपालिकाले उक्त जग्गामा लगाएको धानबाली निकाले पछि जग्गाको प्रकृति हेरेर नगरको स्वामित्व ल्याउने जनता आवासका लागि कार्यक्रम तयार गरिने नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन)ले बताए । उनले पहिलो चरणमा ५ देखि ६ ओटा घर निर्माण गरिने समेत जानकारी दिए ।
जग्गा निरीक्षणका लागि नगर उप्रमुख नगरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, कार्यक्रम अधिकृत महेश लामिछाने, इन्जिनियर कृष्ण राई, गोमा ढुंगानालगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।