जेष्ठ २५, २०८२ शनिबार

नेपालको कवाडी बजारमा भारतीय नागरिक

बेलबारी । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी सङ्कलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ कवाडी सङ्कलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल हुनुहुन्छ । सङ्कलकहरुले गाउँसहरका विभिन्न भागबाट सङ्कलन गरी ल्याएको कागज प्रतिकिलो रु २०, धातुजन्य सामान प्रतिकिलो रु ५५, गाडीका पुराना टायर रु दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।

यस्ता सामग्री उद्योगमा पु¥याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान सङ्कलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको जैसवाल बताउनुहुन्छ । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवाल बताउनुहुन्छ ।

प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]