जेष्ठ २५, २०८२ शनिबार

सत्यमोहन जोशीको निधनले मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडा बोध भएको बताउनुभएको छ ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत अमर शताब्दी पुरुष सत्यमोहन जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको उल्लेख गर्नुभएको छ ।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डुङ्गेबाट समेत सङ्क्रमित भई किष्ट मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत हुनुहुन्थ्यो ।

शताब्दी पुरुषको आज बिहान ७ः०९ बजे निधन भएको उहाँको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिनुभयो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

प्रकाशित मिति : आश्विन ३०, २०७९ आईतबार  ११ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]