जेष्ठ २५, २०८२ शनिबार

समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]